नेपालमा थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

Spread the love

काठमाडौं : शुक्रबार नेपालमा थप नौ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म २२ हजार ६७३ को पीसिआर परिक्षण गरिएको छ भने ६२ हजार ३२७ को आरडिटी परिक्षण गरिएको उल्लेख छ । हाल १५ हजार ६०० जना क्वारेन्टाइनमा रहेका छन् ।

२७२ जनालाई आइसोलेसनमा राखिएको छ । त्यस्तै संक्रमित भएकामध्ये ३५ जना निको भएर सामान्य जीवनमा फर्केका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *