बालिकालाई ललाईफकाइ करणी गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि…

Spread the love

विराटनगर : एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे। सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे।

घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाए। प्रहरीका अनुसार बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गर्न थाले।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यत्तिकैमा उनकी पत्नी घरमा आइपुगिन्। कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन्। वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार गरेको कुरा खोलिन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बलात्कार गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिए। उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको राईले बताए।

उनकाअनुसार स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट फरार भएका तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको हो। भाग्ने क्रममा लडेर उनको टाउकोमा चोट समेत लागेको प्रहरीको भनाइ छ।

‘काममा नजाने आफ्नै पतिको व्यवहारमा पत्नीलाई शंका रहेछ। त्यही भएर बीचमै काम छाडेर उनी घर आइपुगिन्’ प्रनि राईले भने, ‘घरको कोठाभित्र एक बालिकालाई श्रीमानले राखेको चाल पाएपछि बाहिरबाट ढोकाको चुक्कुल लगाएर छिमेकीलाई बोलाइछन्। त्यसपछि स्थानीय भेला भएर बुझ्दा घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै बालिकालाई बोलाएर बलात्कार गरेको खुल्यो।’

प्रारम्भिक अनुसन्धानबाट पनि तोमकुमारले बलात्कार गरेको खुलेको राईले बताए। बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ। स्वास्थ्य परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ।

‘प्राय परिवारका सदस्यले गरेको कतिपय गलत काम लुकाउने प्रयास गरिन्छ,’ राईले ‘तर यहाँ भने बालिकामाथि बलात्कार गर्ने पतिलाई पत्नीले नै कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिन्।’ किशोर बुढाथोकीले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *