‘भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध प्रवासी नेपालीले निरन्तर दबाव दिनु र आवाज उठाउनुपर्छ’

Spread the love

नमस्ते नेपाली, लिस्बन । चार देशका नेपाली राजनीतिकर्मीहरुले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका नेपाली भूभागमा भएका भारतीय अतिक्रमणविरुद्ध सबै नेपाली एकजुट भइ राष्ट्रिय सहमतिमा जोड दिएका छन् ।

‘कोरोना महामारीका बेला नेपाली भूमिमाथि अतिक्रमण’ विषयमा आज भएको फेसबुक लाइभ छलफलमा उनीहरुले प्रवासी नेपालीहरुले राष्ट्रियता र स्वाभिमानको सवालमा सधैं आवाज उठाउने र सहयोग गर्नुपर्ने कुरा बताए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सहभागीहरुले नेपाली राजनीतिज्ञहरुले भारतपरस्त प्रव्रिति त्याग्नुपर्ने, विज्ञ सुरक्षाकर्मी सबैको सहयोगमा साझा अवधारणा बनाउनुपर्ने, स्थायी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने, सीमानामा तारबार गर्ने वा सुरक्षाकर्मी खटाउनुपर्ने र अतिक्रमणको समस्या समाधानका लागि कुटनीतिक पहल गर्नुपर्ने कुरा सुझाएका छन् ।

छलफलमा नेपाली राजनीतिकर्मीहरुको कमजोरीको फाईदा उठाउदै भारतले हेप्ने गरेको उल्लेख गर्दै विगतदेखि वर्तमानसम्मका शासकहरु भारतपरस्त रहेको आरोपप्रत्यारोप पनि गरिएको थियो । गरिब र कमजोर मानसिकताका कारण भारतसँग सत्य तथ्य कुरा राख्न नसक्दा अतिक्रमणको समस्या थपिदै गएको सहभागीहरुको निष्कर्ष रहेको छ ।

पोर्तुगलबाट सञ्चालित वेबसाइट नमस्तेनेपाली डट कमले आयोजना गरेको कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गङ्गाधर गौतम, प्रवासी नेपाली एकता मञ्च डेनमार्कका अध्यक्ष उदयराज गौतम, जनता समाजवादी पार्टीका नेता भगवान चाम्लिङ राई (बेलायत) र नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव प्रदीप अधिकारीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन योगेन्द्रमिलन छन्त्याल र पेम्बागेलु शेर्पाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *