थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

Spread the love

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो।

साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन्। उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सहप्रवक्ता अधिकारीका अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ। ‘पहिलो पटक देशमा स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ’, प्रवक्ता देवकोटाले भने, ‘यो विश्वव्यापी महामारी स्थिति हो। यो असामान्य परिस्थिति हो।’

उनले सबै स्वास्थ्यकर्मीलाई सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गरेका छन्। ‘हामी सबैले मिलेर काम गरेमात्र कोरोनामा सफलता मिल्ने छ। । स्वास्थ्यकर्मीको प्रमुख दायित्व सेवा दिनु हो। अग्रपक्तिमा रहेर जुद्धने व्यक्ति लिडर तपाईंहरु नै हुनुहुन्छ। व्यक्तिगत सुरक्षालाई ध्यान दिन अनुरोध गर्दछौँ। सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गर्दछौँ।’

प्रवक्ता देवकोटाले अहिले व्यक्तिगत सुरक्षा सामग्री प्रशस्त रहेको भन्दै सुरक्षा अपनाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका हुन्। उनले स्वास्थ्यकर्मीको सम्पर्कमा आएका र उनका सहयोगीसँगै परिवार र आफन्तको तत्काल परीक्षण हुनेसमेत प्रष्ट पारे । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *