सांसदहरुका लागि कोरोनाबाट बच्न १३ बुँदे नियम

Spread the love

काठमाण्डौं । संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ । सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो ।

यसैगरी, सदन वा समितिको बैठकमा आउँदा अत्यावश्यक सहयोगी र सुरक्षाकर्मी बाहेकलाई नल्याउन अनुरोध गरिएको छ । सांसदका सहयोगी र सुरक्षाकर्मीलाई आ–अफ्नै गाडीभित्र बस्न अनुरोध गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

संसदमा प्रवेश गर्दा साबुनपानीले हात धोएर प्रवेश गर्न आग्रह गरिएको छ भने संसदभित्र प्रवेश गर्दा वा बाहिरिँदा छुटाछुटै द्वारबाट प्रवेश गर्न आग्रह गरिएको छ ।

तोकिएको कुर्सीमा बस्न, संसदभित्र मास्क प्रयोग गर्न, हल र लवीमा समाजिक दूरी कायम गर्न सांसदहरुलाई सचिवालयले आग्रह गरेको छ । यसैगरी चमेना गृह प्रयोग गर्दा एक पटकमा एउटा टेबलमा एक जना मात्र बस्न सचिवालयले आग्रह गरेको छ । – कारोबार

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *