चीनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी, टकराव बढ्ने संकेत

Spread the love

एजेन्सी | अमेरिकी तल्लो सदन सिनेटमा चीनविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरिएसँगै बेइजिङ र वासिङ्टनबीच टकराव बढेको छ। अमेरिकी सत्तारुढ रिपब्लिक पार्टीका सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनविरुद्ध सहजै प्रतिबन्ध लगाउने अधिकार प्रत्यायोजन गर्ने कानुन बनाउन सिनेटमा प्रस्ताव गरेका हुन्।

चीनले कोरोना भाइरसबारे पूरै जानकारी नदिए यस्तो प्रतिबन्ध लगाउनुपर्ने रिपब्लिकन सांसदहरुले बताइरहेका छन्। अमेरिकी सिनेटमा प्रस्ताव गरिएको विद्येयकको नाम कोभिड १९ अकाउन्टिबिलिटी बिल हो।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

प्रस्तावित कानुनको प्रयोग गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनभित्र चीनले संक्रमणबारे पूरा जानकारी दिए/नदिएको र राष्ट्रसंघनिकट संस्थाहरुले चीनमा जाँच सुरु गरे/नगरेको बताउनुपर्नेछ।

यो कानुन कार्यान्वयन भएपछि ट्रम्पले चीनमा पशु बजार बन्द भएको र कोरोना महामारीका बीच हङ्गकङ्गमा गिरफ्तार गरिएका लोकतन्त्र समर्थकहरुलाई रिहाई गरिएको जानकारी पनि गराउनुपर्नेछ। यदी यसो भएन भने अमेरिकी राष्ट्रपति ट्रम्पलाई चीनमाथि कैयौं प्रकारका गम्भीर प्रतिबन्ध लगाउने अधिकार प्राप्त हुनेछ।

चीनको सम्पत्ति रोक्का गर्ने, यात्रा प्रतिबन्ध लगाउने र प्रवेशाज्ञा रद्द गर्नेसम्मको अधिकार ट्रम्पले प्रयोग गर्न सक्नेछन्। साथै, चिनियाँ कम्पनीहरुलाई अमेरिकी बैंक र बजारसम्मको पहुँचमा पनि अवरोध गरिनेछ।

रिपब्लिकन सांसद निम इन्होफले भनेका छन्, ‘चीनको कम्युनिष्ट सरकार नै अहिलेको वैश्विक महामारीमा लागि जिम्मेवार छ। संक्रमण कसरी सुरु भयो भन्नेबारे चीनले पुरै धोका दिएको छ, यही धोकाका कारण विश्वभर महत्वपूर्ण समय र जनधन बर्बाद भइरहेको छ।’ – थाहाखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *