जर्मनीमा रहेका नेपालीहरुद्वारा भारतीय सीमा अतिक्रमणको निन्दा र भ्रर्त्सना

Spread the love

नमस्ते नेपाली, लिस्बन । जर्मनीमा रहेका नेपालीहरुले भारतीय सीमा अतिक्रमणको भ्रर्त्सना गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद जर्मनी, प्रवासी नेपाली एकता मञ्च जर्मनी, नेपाली जनसम्पर्क समिति जर्मनी र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीले संयुक्त विज्ञप्ति जारी गर्दै भारतीय रवैयाको निन्दा गरेका हुन् ।

विज्ञप्तिमा नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हरतरहले प्रतिकार र भन्डाफोर गर्न संसारभरका नेपालीहरुलाई अपील गरिएको छ । राष्ट्रियताको पक्षमा भएका विरोध प्रदर्शनहरुमा ऐक्यवद्धता जनाउदै गिरफ्तार भएकाहरुको अविलम्व रिहाइको माग पनि गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनीहरुले तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र भारतीय पक्षले अटेर गरेमा मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न अनुरोध गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ :

संयुक्त प्रेस विज्ञप्ति

१२ मई २०२०, जर्मनी

मई २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्र८मण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला – लिपुलेक लिंक रोड (नयाँ सडक) निर्माण तथा उद्घाटन गरेको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस अघी पनि सार्वभौम नेपालको भूभाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली सार्वभौमिकता माथि बिस्तारबादी नाङो प्रहार गरेको सर्वविदितै छ। ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले नेपाली भुमी भन्ने प्रमाणित हुँदाहुँदै पनि उक्त भुमीमा भारत सरकारद्वारा सडक निर्माण र उद्घाटन हुनुले लामो समयदेखी भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टी गर्दै भारतीय बिस्तारबादी चरित्र फेरी एकपटक नाङिएको छ। छिमेकी प्रती यस किसिमको भारतीय रवैयाको हामी घोर भ्रत्सर्ना गर्दछौ।

सीमा बिवाद समाधान निम्ती आवश्यक कुटनैतीक पहललाई लत्याउदै, विश्वनै कोरोना महामारीबाट अक्रान्त भएको हुँदा यसको निराकरणको लागि आपसी सहयोग र सामुहिक पहल गर्दै अघी बढ्नु पर्ने यस कठिन घडीमा पनि छिमेकीको भुमी माथि गिद्देद्रिस्टी लगाउने भारतीय बिदेशनितीको जती नै बिरोध गरे पनि कम हुन्छ। पटकपटक यसरी अफ्ठेरो समयमा पनि सिमा अतिक्रमणलाई निरन्तरता दिईरहनुबाट भारतीय शाषकबर्गको आफ्ना छिमेकी प्रतीको हेपाहा प्रब्रित्ती पुन: एक पटक विश्वसामु उदांगिदै यसले क्षेत्रिय शान्ती खल्बल्याउने देखिन्छ। भारत र चीन बिच चलिरहेको शैन्य एव ब्यापारिक प्रतिस्प्रधामा गहिरो भूमिका खेल्न सक्ने सामारिक महत्वको सडक निर्माणका निम्ती नेपाली भुमी अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हर तरहले प्रतिकार तथा भन्डाफोर गर्न हामी संसारभरीका नेपालीहरुलाई आग्रह गर्दछौ।

यसै सन्दर्भमा नेपाल सरकारले भारतीय अतिक्रमण बिरुद्ध अझ कडा पहल गर्न जरुरी देखिन्छ। सुघौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई बेवास्ता गर्नु, आफ्नै भुमी भित्र बर्षौ लगाएर बिदेशीले सडक बनाउदा पनि अनभिज्ञ रहनु, भारतीय हस्तक्षप बिरोधमा जनस्तरमा स्वस्फुर्त आयोजित प्रदर्शनहरुमाथी अनावश्यक धरपकड र गिरफ्तारि हुनु जस्ता घटनाहरु निन्दनिय छन। भारतीय हस्तक्षपको बिरुद्ध तथा राष्ट्रियताको रक्षार्थ भएकाहुने शान्तीपूर्ण प्रदर्शनहरुमा हाम्रो एकबद्दता हुने जानाउदै गिरफ्तार भएकाहरुको अबिलम्ब रिहाइको लागि हामी नेपाल सरकार सँग माग गर्दछौ।

नेपाली सिमानामा नंग्रा गाढ्ने भारतीय गिद्दे चरित्रको कडा प्रतिबाद र प्रतिरोध गर्नु हामी सम्पूर्ण नेपालीको कर्तब्य हुन आउछ। नेपाल सरकारले पनि यस मुद्दा तत्काल अन्तरराष्ट्रियकरण गर्दै हर तरहले भारतीय बिस्तारबादी चरित्रको भन्डाफोर गर्न आवश्यक छ। यस सङिन घडीमा सबै नेपाली एकताबद्द भएर राष्ट्रियताको रक्षार्थ अग्रमोर्चामा खडा हुनु प्रमुख आवश्यकता भएकाले त्यसका निम्ती एकजुट भएर अघी बढ्न हामी विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल गर्दछौ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *