साइप्रसमा ज्यान गुमाएका अम्गाईको पार्थीव शरीर दूतावास र वाणिज्यदूतावासले नेपाल पठाउने

Spread the love

दिनेश गौतम, साइप्रस । केही दिनअघि साईप्रसको एभ्रीच्यु गाउँमा मारिएका २१ वर्षीय विवेक अमगाईको पोष्ट मार्टम रिर्पोट सार्वजनिक भएको छ । जनरल अस्पताल निकोसियाले प्रहरीलाई दिएको जानकारी अनुसार मे ५ तारिख बेलुकी ९ बजे देखि ११:३० बजेको वीचमा आन्तरिक चोटपटक र अत्यधिक रक्तश्राव भएपछि ज्यान गएको रिपोर्टमा उल्लेख गरेको छ ।

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. ११ जमुनापुरका प्रेमप्रसाद अमगाईका कान्छो छोरा अमगाईको हत्यामा संलग्न भएको आरोपमा सुवास गिरीलाई साईप्रस पुलिसले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मृतक अमगाईको पार्थिक शवलाई परिवारको आग्रहमा लकडाउन पश्चात कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने नेपाली वाणिज्यदूत डा. रामजिवन पन्जियारले जानकारी दिए । मृतक अमगाईको शवलाई परिवारको आग्रहमा नेपाल पठाउने जिम्मा नेपाली रादुतावास र वाणिज्यदूतावासको भएकोले कसैले पनि आर्थिक कारोबार नगर्न उनले अनुरोध गरेका छन् ।

चितवन सेवा समाज साईप्रसले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको एक युवा गुमाएकोमा समवेदना प्रकट गरेको छ । अमगाईको साईप्रस वा देश विदेशमा रगताम्य हुने गरी फोटो वा भिडियो कसैले पनि सामाजिक संजालमा नराख्न अनुरोध गरेको छ ।

समाजकी अध्यक्ष कविता भण्डारीले मृतक अमगाईको त्यस्तो फोटो वा भिडियो सामाजिक संजालमा राख्दा परिवारलगायत समाजमा झन पीडा थपेको बताउदै गलत भिडियो नबनाउन आग्रह गरेकी छन् । उनले हत्यामा संलग्न भएकाको सरकारी निकायले अनुसन्धान गरी रहेकोले धैर्य भएर आपसी मेलमिलाप बस्न सबै नेपालीहरुलाई आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *