थप १ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १०२ पुग्यो

Spread the love

काठमाडौं : शुक्रबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ। नेपालगन्जको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा एक जना १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ। ७४ पुरुष र २८ जना महिला रहेका छन्।

शुक्रबार एकैदिन कोरोना जितेर प्रदेश १ बाट ८ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेमा १ महिलासहित ८ जना पुरुष हुन्।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुगेको छ।

हालसम्म आरडीटीबाट १५ हजार ४९२ र पीसीआर प्रविधिबाट १५ हजार ४९२ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत २४ घन्टामा १ हजार ८५९ परीक्षण भएका छन्। यस्तै सातवटै प्रदेशमा कोरोनाको आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा, ६ हजार ८४९ प्रदेश २ मा ५ हजार ३५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकीमा ६ हजार ३७७ , प्रदेश ५ मा ६ हजार ९९ प्रदेश कर्णालीमा ६ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१६ वटा परीक्षण भएका छन्।

त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १५ हजार ६२४ पुगेको छ। जसमध्ये प्रदेश १ मा, १६ सय ४५, प्रदेश २ मा १२ सय ९१,बागमती प्रदेशमा २ सय ७२ ,गण्डकीमा ५ सय ११ , प्रदेश ५ मा ५ हजार ८०७ कर्णालीमा २ हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३९३ जना क्वारेन्टाइनमा रहेका छन्। रेड जोनमा पर्नेको संख्या ३३६ पुगेको छ।

यस्तै, आइसोलेसनमा १३५ जना छन् भने जसमा उपत्यकाभित्र ३ र उपत्यका बाहिर १३२ जना छन्। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *