कोरोना संक्रमित नेपालीका कारण १८ जना नेपालीसहित २४ एशियन मूलका कृषि कामदारहरु क्वारेन्टाइनमा

Spread the love

नमस्ते नेपाली, लिस्बन । एक संक्रमित नेपालीका कारण साओ तेओतोनिओमा २४ एशियन कृषि कामदारहरु क्वारेन्टाइनमा परेका छन् । ती संक्रमितसँग नजिक परेको आशङ्कामा स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको समूहले ती कामदारहरुलाई क्वारेन्टाइनमा राखिएको उल्लेख छ ।

क्वारेन्टाइनमा १८ जना नेपाली, ३ जना पाकिस्तानी, दुईजना भारतीय र एकजना बङ्गाली रहेको आप्रवासी हेर्ने उच्च आयोग (एसीएम) स्रोतलाई उद्ध्रित गर्दै नियाल्पका प्रोप्राइटर कमल भट्टराईले नमस्ते नेपालीलाई बताएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनीहरुलाई अग्रुपामेन्तु भर्टिकाल दि इस्कोला दी साओ तेओतोनिओमा अस्थायी शिविर बनाएर राखिएको छ । सुरक्षाकर्मीका अनुसार संक्रमित नेपाली आइसोलेशनमा बस्नुपर्नेमा यात्रा गरेको वा हिडडुल गरेको आरोप छ ।

पोर्तुगलमा कोरोना महामारीका कारण तपाईंलाई कुनै समस्या परेको छ ? त्यसो भए यी व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुन्छ ।

पोर्तुगलमा कोरोना महामारीका बेला आपत विपत वा समस्यामा पर्ने नेपालीलाई सहयोग गर्ने कोरोना राहत तथा जनचेतना समिति गठन भएको छ । समितिको सचिवालय वैठकले नौवटा उपसमितिहरु गठन गरेको छ । कामलाई चुस्त, दुरुस्त, पारदर्शी र परिणाममूलक बनाउन उपसमितिहरु गठन गरिएको हो ।

जो कोही नेपालीले आफूलाई परेका समस्या सम्बन्धित उपसमितिकहाँ पुर्‍याउन सकून भन्ने उद्देश्यले उपसमितिका संयोजक र सचिवालय सदस्यहरुको सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।

कोरोना महामारीका समयमा तपाईंलाई कुनै समस्या परेको छ ? यदि छ भने सम्बन्धित उपसमितिका संयोजकलाई नै सम्पर्क गर्न सक्नु हुन्छ ।

————————————–

उपसमिति संयोजकहरु :

सचिवालय संयोजक एवं भाषा अनुवाद उपसमिति : संयोजक लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल (969190919 र 920463547)

राहतका लागि तथ्याङ्क संकलन उपसमिति : संयोजक गोविन्द पौडेल (920570827)

आर्थिक सङ्कलन उपसमिति : संयोजक लक्ष्मीप्रसाद सापकोटा (913906814)

कोरोना प्रभावितको तथ्याङ्क संकलन उपसमिति : संयोजक योगेन्द्रमिलन छन्त्याल (920020640)

कानूनी तथा स्वास्थ्य सचेतना उपसमिति : संयोजक कमल भट्टराई (965610491)

राहत वितरण उपसमिति : संयोजक तिलक गैरे (920030964)

जनचेतना अभिवृद्धि उपसमिति : संयोजक हेम गुरुङ (920172774)

भैपरी आउने समस्या समाधान उपसमिति : संयोजक सोमफुरी शेर्पा (920064708)

लिस्बन बाहिर समन्वय गर्न : संयोजक पूर्ण विक (920374668)

लिस्बनमा समन्वय गर्न : संयोजक गोम सुवेदी (920123815)

सचिवालय सदस्यहरु : बिनोद घिमिरे (920120795), कला राई (920059940), निर्मला ढकाल खराल (920074702) र दीपक खतिवडा (920308154) ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *