अब फेसबुकमा लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने !

Spread the love

फेसबुकमा कुनैपनि प्रयोगकर्ताले राख्ने रेकर्डेड भिडियो तथा लाइभ प्रस्तुतिका भिडियो हेर्नका लागि अहिलेसम्म शुल्क तिर्नु पर्दैन । तर अब निकट भविष्यमै फेसबुक लाइभका भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागु हुँदैछ ।

समाचार अनुसार फेसबुकमा अन्य मानिसहरुका लाइभ भिडियो हेर्नका लागि प्रयोगकर्ताहरुले शुल्क तिर्नुपर्ने नियम कम्पनीले छिटै नै लागू गर्ने तयारी गरिरहेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिने कलाकारहरुको सहयोगका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ ।

लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने नियम लागू भैसकेपछि फेसबुक लाइभमा आउने कलाकारहरुले अर्थोपार्जन गर्न सक्नेछन् ।

लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ । जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई नि:शुल्क रुपमा देखाउने कि सशुल्क बनाउने भन्ने विकल्प रोज्न सक्नेछन् ।

आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरुले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।

लकडाउनका कारण घरमै बस्न बाध्य कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएर आर्थिक लाभसमेत प्राप्त गर्न सकुन् भन्नका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको बताइएको छ । संगीतकार तथा गायक गायिकाहरु, कमेडियन, व्यायाम सिकाउनेहरुका साथै भाषण वा उद्घोषणका क्षेत्रमा संलग्न व्यक्तिहरु यस नियमबाट लाभान्वित हुनेछन् ।

फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफुले आर्थिक लाभ लिने नभइ कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन् । यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा डोनेट बटन थप गर्न सक्नेछन् ।

डोनेट बटनमार्फत् संकलित शत प्रतिशत रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरुको खातामा जम्मा गरिदिनेछ।

फेसबुकले लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने नियम आगामी केही हप्ताबाटै लागू गर्नसक्ने बताइएको छ । यद्यपि उसले यो नयाँ फिचर सुरु हुने मितिचाहिँ तोकेको छैन ।

स्मरण रहोस् : फेसबुकले आफ्नो गेमिंग सर्भिसका लागि सन् २०१८ मै यस्तो शुल्क तिर्नुपर्ने फिचर ल्याएको थियो । भिडियो गेम खेलाडीहरुका लागि विशेष रुपमा तयार गरिएको उक्त स्ट्रिमिङ प्लाटर्फममा फेसबुक प्रयोगकर्ताले कुनै पनि भिडियो खेलाडीको स्ट्रिममा रकम दान गर्न सक्दछन् । – अनलाइनखबर/एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *