दिवेश ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा

Spread the love

अमेरिका : ‘अमेरिकन आइडल’को १८औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पर्न सफल भएका छन्। सोमबार सार्वजनिक गरिएको नतिजामा दिवेश उत्कृष्ट १० मा छनोट भएका हुन्।

दिवेशले उत्कृष्ट १० मा पर्नका लागि जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाएका थिए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

आइडलमा आर्थर गन नामले प्रतिस्पर्धा गरिरहेका दिवेशले उत्कृष्ट १० परेपछि समाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई धन्यवाद दिएका छन्। ‘सुरुवातदेखि नै मलाई समर्थन गर्नुहुने सबैलाई धन्यवाद’, उनले लेखेका छन्, ‘संसारभरिबाट दिनुभएको यो विशाल समर्थनको कदर शब्दहरूले न्याय गर्दैनन्।’

२१ वर्षीय दिवेशले यो उपलब्धी कुनै सपनाभन्दा पर रहेको बताएका छन्। ‘म यो स्थानमा उभिनु र तपाईंका कर्ण मतिर खुल्ला हुनु, यो कुनै सपनाभन्दा परको कुरा हो’ उनले फेसबुकमा लेखेका छन्।

उनले यसरी गाउन सकेकोमा र आफ्नो आवाज सुनिएकोमा आफूलाई भाग्यमानी ठानेको बताएका छन् ।

अर्को हप्ता आइडलमा उत्कृष्ट १० सहित एक जना निर्णायकले सुरक्षित गरेको प्रतिस्र्धीले प्रस्तुति दिनेछन् । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *