पोर्तुगलको कोरोना राहत कोषमा नौ हजार ६८६ युरो ९१ सेन्ट जम्मा भयो

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा कोरोना महामारीबाट आपतविपत र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न गठन भएको सर्वपक्षीय कोरोना राहत तथा जनचेतना समिति पोर्तुगलको कोषमा नौ हजार ६८६ युरो ९१ सेन्ट जम्मा भएको छ । २१९ व्यक्ति वा संस्थाले कोषमा सहयोग गरेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले राहत कोषमा एक हजार १११ युरो ११ सेन्ट सहयोग गरेका छन् । हमाल परिवारले पनि एक हजार १११ युरो ११ सेन्ट सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका निवर्तमान अध्यक्ष कुबेर कार्कीले कोषमा ५५५ युरो ५५ सेन्ट सहयोग गरेका छन् । एनआरएनए पोर्तुगलका पूर्व अध्यक्ष रमेशकुमार गुरुङले ३७५ युरो सहयोग गरेका छन् ।

आर्थिक सङ्कलन उपसमितिले सार्वजनिक गरेको आम्दानी विवरणमा एनआरएनए अध्यक्ष तिलक गैरेले ३३३ युरो ३३ सेन्ट र झापाली समाज पोर्तुगलले ३३३ युरो सहयोग गरेको जनाइएको छ । आपतकालिन कोष आल्बुफेइराले कोषमा ३०१ युरो जम्मा गरेको छ । कोषमा फलो मर्निङ एलडेआले ३०० युरो, राजकुमार गौतमले २५१ युरो ५१ सेन्ट र ध्रुवराज सुवेदीले २२२ युरो २२ सेन्ट जम्मा गरेका छन् ।

आइसीसी सदस्य रवीन अधिकारीले १५० युरो, विक्रमजङ कुँवरले १३५ युरो एक सेन्ट, गुल्मी समाज पोर्तुगलले १३१ युरो र प्रेम खड्काले १२५ युरो सहयोग गरेका छन् । यसैगरी भीमसेन थापाले १११ युरो ११ सेन्ट, कमलसुनिता भट्टराईले १११ युरो ११ सेन्ट र सुरेश मल्लले १०१ युरो सहयोग गरेका छन् । यसैगरी २२ जनाले ५० देखि ७१ युरोको अन्तरमा सहयोग गरेको देख्हिएको छ ।

उपसमितिले मे १० तारिखसम्म मात्र राहत सङ्कलन गर्ने जनाएको छ । आजसम्म राहतका लागि तथ्याङ्क सङ्कलन उपसमितिले २४६ जनालाई राहत वितरण गर्न सिफारिस गरेको छ भने राहत वितरण उपसमितिले ११६ जनालाई राहत वितरण गरिसकेको जनाएको छ ।

आर्थिक सङ्कलन उपसमिति संयोजक लक्ष्मीप्रसाद सापकोटाले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सक्दो छिटो राहत कोषमा सहयोग गरिदिनका लागि अपील गरेका छन् । एनआरएनए पोर्तुगलले भने अझैसम्म कोषमा आफ्नो रकम राख्न सकेको छैन । महामारीका बेलासमेत उपयुक्त निर्णय लिना नसकेकोमा एनआरएनएको आलोचना बढ्दै गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *