पोर्तुगलमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा डिजिटल शुभकामना आदानप्रदान हुने

Spread the love

नमस्ते नेपाली, लिस्बन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज मे ३ तारिख आइतबार दिउँसो ४:०० बजे शुभकामना आदानप्रदान हुने भएको छ । ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराकासाथ नेपाल पत्रकार महासंघ पोर्तुगल शाखाको आयोजनामा शुभकामना आदानप्रदानको आयोजना हुने भएको हो । शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले कार्यक्रममा उपस्थितिकालागि सबैलाई आव्हान गरेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यसै अवसरमा शाखा संयोजक योगेन्द्रमिलन छन्त्यालले अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ, पोर्तुगीस सञ्चार माध्यम र नेपाली समुदायसँग समन्वय र सहकार्य गर्दै हाम्रा पत्रकारहरुको पेशागत हकहितको संरक्षण र क्षमता अभिवृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै छन्त्यालले सिद्धान्तत प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुरुप वातावरण बन्न नसकेको गुनासो गरेका छन् । विज्ञप्तिमा भनिएको छ : ‘सञ्चार क्षेत्रको संरक्षण, संवर्द्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका काम हुनै पर्दछ । साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गरी थप व्यवस्थित बनाउनु पर्दछ ।’

हेर्नुहोस् शुभकामना सन्देशको पूरा विवरण :

हरेक वर्ष मे ३ तारिखका दिन विश्वभर ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदै आइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आव्हानमा ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाउन शुरु गरिएको हो । यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको छ ।

कोरोना महामारीका कारण हामीले भौतिक रुपमा जमघट गरी वा प्रत्यक्ष सहभागी भइ खुला कार्यक्रम आयोजना गर्न सकिएको छैन । तर यस अवसरमा नेपाल पत्रकार महासंघ पोर्तुगल शाखाले डिजिटल सम्वादको आयोजना गर्दैछ ।

यस अवसरमा हामी नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन बलिदान गर्नुहुने तथा बेपत्ता पारिनुभएका योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।

हामी अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ, पोर्तुगीस सञ्चार माध्यम र नेपाली समुदायसँग समन्वय र सहकार्य गर्दै हाम्रा पत्रकारहरुको पेशागत हकहितको संरक्षण र क्षमता अभिवृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन । सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका काम हुनै पर्दछ । साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गरी थप व्यवस्थित बनाउनु पर्दछ ।

हामी सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *