युरोपका पत्रकारहरुका लागि खोज पत्रकारिता तालिम सम्पन्न

Spread the love

नमस्ते नेपाली, पोर्तुगल । युरोपमा रहेका पत्रकारहरुलाई सहभागी गराइ एकदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा र बेल्जियम शाखाको आयोजनामा आज तालिम सम्पन्न भएको हो ।

तालिममा खोज पत्रकारिताका सीमा, विधि, जोखिम, सावधानी र प्रकाशन प्रशारणबारे खोज पत्रकारिता केन्द्रकी निवर्तमान अध्यक्ष एवं सल्लाहकार नम्रता शर्मा र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक शिव गाउँलेले सहजीकरण गरेका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तालिम फलदायी, उपयोगी र प्रभावकारी बनोस् भन्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए । तालिम अत्यन्तै उपयोगी भएको सहभागी नीलम घिमिरेले बताइन् ।

पोर्तुगल, बेल्जियम, स्पेन, जर्मनी, फ्रान्स, साइप्रस, नेदरल्यान्डस, अष्ट्रिया, डेनमार्क र नेपाल गरी तालिममा १० देशका ४१ जनाको सहभागिता रहेको थियो । तालिम जुम एप प्रयोग गरी सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन पोर्तुगल शाखाका संयोजक योगेन्द्रमिलन छन्त्याल र बेल्जियम शाखाका संयोजक ओम शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *