पोर्तुगलको फारोमा एक नेपालीको दु:खद निधन

Spread the love

नमस्ते नेपाली, लिस्बन । पोर्तुगलको फारोमा एक नेपालीको दु:खद निधन भएको छ । धादिङका घर भएका नेपालीको फारो अस्पतालमा मृत्‍यु भएको अस्पताल पुगेका एक नेपालीले बताए ।

लडेर आगोमा परेका उनको उपचारका लागि फारो अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका छन् । चिकित्सकका अनुसार उनको मगजमा रगत जमेर निधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद अल्गार्भका अध्यक्ष अनिल शर्मा पनि अस्पतालमा पुगेका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनको मृत्‍युबारे परिवारसँग कुरा गरेर अन्तिम संस्कारमा सहयोग गर्ने एजेन्सी (फुनेररिया) मार्फत दाह संस्कारको प्रकृया बढाइने निष्कर्षमा पुगेको अस्पताल पुगेका नेपालीले नमस्ते नेपालीलाई बताएका छन् । मृतकका एक छोरी पोर्तुगलमा रहेकी छन् ।

मृतक पाँच वर्षदेखि नेपाल गएका थिएनन् । उनले एक पोर्तुगीस कम्पनीमा काम गर्दै रहेको बताइएको छ । पोर्तुगलमा हालसम्म ३४ नेपालीले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *