कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

Spread the love

होमप्रसाद लम्साल, अमेरिका- अमेरिकाको न्यूयोर्कमा एक जना नेपाली आज कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। पवनकुमार मल्लको उनकै निवास उडसाइडस्थित कोठामा मृत्यु भएको उनका आफन्तले बताएका छन्। ४५ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ट्याक्सी चलाउने गर्दथे।

कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा उनी नियमित काममै हुन्थे। संक्रमित भएपछि भने रुम पार्टनरको सहयोगमा घरमै उपचार गर्दै आएका थिए। हिजो एक्कासी स्वासप्रस्वासमा समस्या आएर एम्बुलेन्स बोलाएर अस्पताल जान खोजे पनि त्यति जटिल नभएको कारण देखाएर अस्पताल नगएका उनको आज निवासमै निधन भएका हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपालमा छँदा नेपाल प्रहरी सेवामा रहेका उनका श्रीमती र दुई छोरी नेपालमै रहेको बताइएको छ। अमेरिकामा कोरोनाको कारण मृत्यु हुने उनि चौथो नेपाली हुन । – नागरिकन्युजबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *