नपढाइकन तलब थाप्छन् शिक्षकहरु

Spread the love

मंसीर ९, जुम्ला । जिल्लाको कनकासुन्दरी माविका विद्यार्थी प्रेमप्रसाद उपाध्याय हरेक पटक अलमलिन्छन् । उनी कोर्स नसकिंदै परीक्षामा सामेल हुनुपर्दा निकै अलमल हुने बताउँछन् । कर्णालीका विद्यालयमा कोर्स नसकिएर परीक्षा हुनु नौलो विषय होइन । उनले भने , ‘ बरु कुनै शिक्षक / विद्यालयले समयमै कोर्स सकाए भने नौलो हुन सक्छ ।

शिक्षक राजनीतिमा लाग्नु , विद्यालयप्रतिको अभिभावकको चासो कम हुनु र विद्यार्थी पनि लगनशील नबन्नुले कर्णालीको ‘ शिक्षा बर्सेनि खस्कँदो छ । उपाध्यायले भने , ‘ नपढाईकन शिक्षकले तलब थाप्छन् । विद्यार्थीले पूरा कोर्स नपढीकन परीक्षा दिनुपर्ने बाध्यता छ । विद्यालयमा उपस्थित नहुने र राजनीति गर्ने शिक्षकलाई कारबाही सट्टा राजनीतिक संरक्षण हुन्छ । जसका कारण यहाँको शिक्षाको गुणस्तर उकालो लाग्नुको सट्टा खस्कँदो छ ।

‘विद्यार्थीले नपढेको पाठबाट सोधिएका प्रश्नको सामना गर्नुपर्छ । ‘ यसरी कसरी फरीक्षाफल राम्रो बन्छ ‘ , उनले भने , ‘ कर्णालीका शिक्षकमा दक्ष जनशक्ति उत्पादन कसरी गर्ने भन्ने चिन्तन छैन । शिक्षक गैरजिम्मेवार छन् । शिक्षामा चरम राजनीति छ । यसमा अभिभावकको पनि चिन्ता छैन । विद्यार्थीलाई अल्मल्याउने र झारा टार्ने पाराले कसरी बिकाउ जनशक्ति उत्पादन हुन सक्छ ।

कनकासुन्दरी मावि लुडकुमा कक्षा १० मा अध्ययनरत पुजनकुमार उपाध्याय पनि कोर्स पूरा नहुँदै परीक्षामा सामेल हुनुपर्दा निकै नरमाइलो लाग्ने बताउँछन् । उनका अनुसार समयमै पाठ्यपुस्तक नपाइनु र शिक्षक नियमित विद्यालय नआउनु र शिक्षक नआएपछि विद्यार्थी पनि स्कुल नजाने प्रवृत्तिले शिक्षा नाममात्रको छ ।

कर्णालीका प्रत्येक विद्यालयमा आचारसंहिता छ , दैनिक कार्यतालिका पनि छ तर यी सबै कागजमा मात्र सीमित हुँदा शिक्षाको गुणस्तर उकासिन नसकेको उनको भनाइ छ । जुम्लाको वार्षिक शैक्षिक तालिका भिन्नै प्रकारको छ । यहाँ फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *