कोरोना संक्रमणबाट लण्डनमा पूर्व गोरखा सैनिक श्रेष्ठको मृत्यु

Spread the love

लण्डन । काेराना संक्रमणबाट दक्षिण पूर्वी लण्डनकाे प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गाेरखा सैनिक लक्ष्मण श्रेष्ठको निधन भएको छ ।

करिब ६० वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालनमा निधन भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

श्रेष्ठ ज्वरो आएपछि घरमै आइसोलेसनमा बसिरहेका थिए । यस्तैमा एक दिन सुन्तला खाँदा सुन्तलाकाे दाना सर्केपछि उनलाई श्वास फेर्न गाह्रो भएकाे थियो । त्यसपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा काेरोना पोजिटिभ देखिएपछि त्यही भर्ना गरी उनको उपचार हुँदै आएको थियो ।

श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ ।

उनको पुर्ख्यौली घर स्याङ्जा भई हाल पोखरामा बसोबासरत थिए । – वीनेपाली

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *