प्रधानमन्त्रीले ४८ जनाको सचिवालय खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री

Spread the love

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सचिवालय खारेज गर्न माग गरेकी छन् ।

सांसद झाँक्रीले प्रधानमन्त्रीले ४८ जनासम्मको सचिवालय राख्ने र उनीहरूले सित्तैमा तलब खाँदै आएकाले खारेज गर्न सु
झाव दिएकी हुन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

‘हामी सांसदले एक महिनाको तलब दिने निर्णय गरीसक्यौं । अब प्रधानमन्त्रीले आफ्नो २–४ महिनाको तलब नलिएर राज्यलाई राहत हुँदैन । प्रधानमन्त्रीको निजी सचिवालयमा मन्त्रीसरहको सुविधा खाने कति छन् ? करिब ४८ जनासम्मले सित्तैमा तलब थाप्न पाउने व्यवस्था छ । त्यो पो खारेज गर्नपर्ने होला !’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस्तो छ उनको फेसबुक स्टाटसः

दर्जनौ ब्यक्ति (४८-६५/७० जनासम्म)निजी सचिवालयमा राख्न पाउने, प्रम, राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, उपराष्ट्रपति, १२(१५ जनासम्म राख्न पाउने पूर्वप्रधानमन्त्री, पूर्व सभामूख, दलका नेताहरू, सभामूख, अध्यक्ष, प्रमुख सचेतक, सचेतक, समितीका सभापति, प्रधान न्यायाधिÞश पूर्व प्रधान न्यायाधीश,पूर्व उपप्रम, पूर्व गृहमन्त्री, सुरक्षा निकायका पूर्व प्रमुखहरू, वर्तमान मन्त्रीको सचिवालय र सचिवहरूको दोहोरो सुविधा, सबै तहका सांसदले बाड्ने क्षेत्र बिकास पूर्वाधार कार्यक्रम (छ करोड़ सम्म)राजनितीक नियुक्तिमा दोहोरो सुबिधा लिएकाहरूको सुबिधा, यहि मौकामा कटौति गर्ने संस्थागत निर्णय गर्नु बुद्धीमानी काम हुन्छ ।

सांसदको तलव हामीले एक महिनाको दिने निर्णय गरीसक्यौ, अब प्रमले आफ्नो २/४ महिनाको तलव नलिएर राज्यमा राहत हुन्न । प्रमको निजी सचिवालयमा मन्त्री सरहको सुबिघा खाने कति छन? करीव ४८ जनासम्मले सित्तैमा तलव थाप्न पाउने ब्यवस्था छ।त्यो पो खारेज गर्नपर्ने होला । दलको प्रमुख सचेतक, सतेतकले सम्म ५-८/९ जनासम्मको सचिवालय पाउँछ । पूर्वप्रमले गाडी तेल ड्राईभर सहित १२ जनासम्मको निजी सचिवालय पाउँछ । यि होईन र हटाउन पर्ने ? त्यसैले प्रमले आफूले तलव नलिने घोषणा गर्नु भन्दा आफ्नो अनावश्यक जम्बो सचिवालय खारेज गर्ने निर्णय लोकप्रिय होला ।
आज पनि मन्त्रालय अनुसार सचिवले कम्तिमा तीनवटा गाडी राख्ने, मन्त्रीले ५ बटा सम्म गाडी राख्ने तेल, मर्मत र ड्राईभरको कसैले हिसाव राखेको छ ?

सरकारको मन्त्रालय र विभागसंग मिल्दो जुल्दो दोहोरो चरित्रका कार्यलय पनि यहि मौकामा खारेज गर्नुपर्छ । यहि बिचमा २र३ जना विज्ञको समिती बनाएर यस्ता सुबिधा कटौटी गर्ने प्ररस्तावको अध्यादेश जारी गरोस सरकारले । न कि रातदिन फ्रन्ट लाईनमा काम गर्ने सुरक्षाकर्मीको तलव कट्टी गर्ने निर्णय गलत हुन्छ।काम गरेपछि दालभात त खान पर्यो नि ।

कतिपयले सांसदको तलव काट्ने कुरा गरेका छन । सायद ठेक्का पट्टा गर्ने चन्दा वा बिचौलिया काम गर्ने बाहेक अरू सांसदको तलव पनि नदिने हो भने काठमाडौमा कसरी बाँच्ने?अनि एउटा स्वकिय सचिव पाउँछ एउटा सांसदले । जनतासंग जोडिने कामको लागि चाहिएको हो त्यो । तर सबैको सुबिधा कटौती गर्दा सांसदको स्वकिय सचिवको सुबिघा पनि कटौति गर्न हुन्छ ।

राष्ट्रिय आयले साधरण चालु खर्च घान्न नसक्ने अवस्थामा सिर्जना भएको यो संकटको घडीमा यसरी सरकारले साधरण चालु खर्च तर्फ हुने फजुल गर्न कटौति गर्न सक्छ ।

८ पदाधिकारीहरू सहित फरक फरक पदका ब्यक्तिहरूको सेवा र सुबिधा सम्वन्धि फरक फरक कानुनमा यस्तो कानुनी ब्यवस्था छ । मैले सामान्य नोट मात्र गरेको हुँ । – काठमाडौँपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *