डब्लूएचओलाई चीन पक्ष लिएको आरोप लगाउँदै अमेरिकाले रोक्यो आर्थिक सहयोग

Spread the love

कोरोनाभाइरस संक्रमणले विश्व नै आक्रान्त भइरहँदा अमेरिकाले भने विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई दिँदै आएको नियमित सहायत रोक्ने निर्णय गरेको छ।

नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, “डब्लूएचओ यो संकटमा आफ्नो आधारभूत जिम्मेवारी निभाउनसमेत असफल भयो ।”

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

डब्लूएचओको गलत नीतिकै कारण कोरोनाभाइरस विश्वभर फैलिएको ट्रम्पले आरोप लगाए। डब्लूएचओले वास्तविक तथ्याङ्कलाई लुकाएको उनको आरोप छ। उनको यो आरोप चीन लक्षित छ।

चीनको वुहानमा संक्रमण सुरु भएपछि त्यसलाई रोकेर बाँकी विश्वमा फैलन नदिन डब्लूएचओले काम गर्न नसकेको ट्रम्पको भनाइ थियो। यसअघि डब्लूएचओले चीनको पक्षमा काम गरेको भन्दै ट्रम्पले पटकपटक आलोचना गरेका थिए।

गत साता उनले डब्लूएचओलाई दिने सहयोग रोक्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा डब्लूएचओ महानिर्देशक डा. टेन्ड्रोस अध्नोम घेब्रेएससले कोरोनाभाइरसमाथि राजनीति नगर्न आग्रह गरेका थिए।

डब्लूएचओलाई सबैभन्दा बढी आर्थिक सहयोग अमेरिकाले गर्छ। डब्लूएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले अनुदान दिने गरेको छ। गत वर्ष अमेरिकाले ४०० मिलियन डलर अनुदान दिएको थियो।

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ४७ पुगिसकेको छ। त्यहाँ अहिलेसम्म ६ लाख १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। – हिमालखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *