‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी भएँ’

Spread the love

मंसीर ८, काठमाडौं । ‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो ।

अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपालिका – ३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् ।

छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका जमरा समाजबाट अपहेलित हुनुपर्यो ।

अहिले जमराको १ छोरा जन्मियो, अनि समाजले सफल महिला ठान्यो । जमराका आठ छोरी छन् । छोरीहरुको विवाह भएर पनि जमराले नाति, पनातिदेखि सकिन् ।

अंश खाने छोरा नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै दुख पाएको उनले सुनाइन् । यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *