विश्व बजारमा किन अमेरिकी डलर हावी छ ?

Spread the love

मंसीर ८, काठमाडौं । अहिले विश्व व्यापारदेखि केन्द्रीय बैंकको वैदेशिक मुद्रा सञ्चितिसम्म सबैमा अमेरिकी डलरको दबदबा छ । जसको कारण अमेरिकी डलर विश्वभरको बजारको र बैकको महत्त्वपूर्ण हिस्सा बन्न पुगेको छ ।

सन् २०१७ मा अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ ( फेड ) ले सार्वजनिक गरेको अनुसन्धानको प्रतिवेदनले समग्र अमेरिकी डलरको ७० प्रतिशत अमेरिकाभन्दा बाहिर रहेको देखाएको थियो । जसमध्ये १०० अमेरिकी डलर दरका लागि ६० प्रतिशत कागजी नोट – केही अमेरिकाभन्दा बाहिर रहेको पाइएको थियो ।

यसै वर्ष सार्वजनिक भएको फेडको अर्को एक प्रतिवेदनले १६ खर्ब अमेरिकी डलरको बैंक नोट अमेरिकाभन्दा बाहिर रहेको देखाएको छ । कहिलेकाहीँ अमेरिकी डलरबारे केही नकारात्मक समाचार बाहिरिंदा पनि त्यसको प्रभाव समग्र विश्व बजारमा देखिन्छ । यसबाट पनि अमेरिकी डलरको प्रभुत्व विश्व बजारमा कति व्यापक छ भन्ने थाहा पाउन सकिन्छ ।

अहिले विश्वका केही मुलुक तथा केन्द्रीय बैंकहरूले आफ्नो डलरमाथिको निर्भरता कम गर्न केही प्रयास शुरू गरेका छन् । यसैबीच बेलायती केन्द्रीय बैंकका गभर्नर मार्क विश्व अग कानीले अमेरिकी डलरले विश्व अर्थतन्त्रलाई अस्थिर बनाइरहेको बताएका थिए ।

तर, अमेरिकी डलरलाई विश्व अर्थतन्त्रबाट हटाउन अझ निकै वर्ष लाग्ने स्पष्ट छ । – आर्थिक अभियान

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *