काठमाडौँ-केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै

Spread the love

मंसिर ८, काठमाडौं – केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भाव्यता अध्ययनका लागि मंगलवार काठमाडौंमा आउने भएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरू अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हने जानकारी दिए । उनका अनसार निकै चर्चा पाएको काठमाडौं – स्याफ्रुबेसी सुरुङमार्गको अध्ययन भने मन्त्रालयको कार्यतालिकामा छैन । उनले भने , ‘ चिनियाँ राष्ट्रपति आउँदा उक्त सुरुङमार्ग अध्ययनका लागि अर्थ मन्त्रालयसँग समझदारी ( एमओयु ) भएकोले मन्त्रालयलाई जानकारी आएको छैन ।’

गत असोज २६ गते नेपालको राजकीय भ्रमणका आएका चीनका राष्ट्रपति सी चिनफिङले नेपाल – चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन शुरू गरिने घोषणा गरेका थिए । सोहीअनुसार काठमाडौं – चीन जोड्ने काठमाडौं – केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली । काठमाडौं आउने भएको हो ।

यसअघि गत वर्षको भदौमा चीन सरकारकै सहयोगमा काठमाडौं – केरुङ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भएको थियो । रेल विभागका अनुसार उक्त अध्ययनले सरकारले वार्षिक रू . २८ अर्ब ५५ करोड लगानी गर्नपर्ने आवश्यकता देखाएको थियो । पूर्व सम्भाव्यता अध्ययनले भौगोलिक जटिलता व्यापक देखाए पनि उच्चतम प्रविधिको प्रयोगबाट उक्त रेलमार्ग निर्माण गर्न सकिने उल्लेख गरेको थियो ।

सो प्रारम्भिक अध्ययनले वार्षिक रूपमा उक्त लगानी गरेमा ९ वर्षमा नै रेलमार्ग निर्माण सम्पन्न गर्ने आधार देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार नेपाली भूभागमा उक्त रेलमार्गअन्तर्गत करीब ७२ दशमलव २५ किलोमिटर ( किमी ) निर्माण गर्नुपर्छ । साथै , अध्ययनले ९ वर्षमा सो रेलमार्ग निर्माण गर्ने रू . २खब ५७ अर्ब लगानी आवश्यक हुने देखाएको छ । २०७५ वैशाखदेखि काठमाडौं केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन थालिएको थियो । यो समाचार आजको आर्थिक अभियानमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *