तरकारीवाली कुसुम श्रेष्ठले गरिन् विवाह

Spread the love

काठमाडौ, ७ मङ्सिर । केहि महिना अगाडी सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले लगनगाठो कसेकी छिन् । कुसुम श्रेष्ठले हिजो मङ्सिर ६ गते शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।

गोलभेडाको भारी बोकेर बेच्न लादै गर्दा एक पत्रकारले खिचेको तस्विरले कुसुमलाई एकाएक चर्चित बनाएको थियो । उनको चर्चा यति सम्म भयो कि उनलाई चलचित्र खेल्ने अफर सम्म आयो ।

त्यति मात्र हैन अन्य युवती जस्तै साधारण युवती कुसुमले भाइरल भएपछि एकाएक विभिन्न अफर पाइन् । विज्ञापन, मोडलिङ, म्युजिक भिडियोसम्म उनले खेल्न भ्याइन् ।

एकाएक सामाजिक संजालदेखि अन्तरास्ट्रिय मिडियासम्म चर्चित बनेकी कुसुम हिजो आज गुमनाम छिन् । यसैबीच उनको विवाहको खबर आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *