दादुरा महामारी फैलिएर कंगोमा झण्डै पाँच हजारको मृत्यु

Spread the love

७ मंसिर, कंगो । प्रजातान्त्रिक गणतन्त्र कंगोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५,००० मानिसको मृत्यु भएको छ ।

यो वर्ष मात्रै झण्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ ।

कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ ।

कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ ।

अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ। तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने संख्याभन्दा आधाले पनि कम हो ।

त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन्। प्रभावितमध्ये अधिकांश शिशुहरू छन् । – बिबिसी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *