खाली पेटमा कुन कुन खानेकुरा खानुहुँदैन ?

Spread the love

खासगरी खाना तथा खाने समयमा विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ । यस्ता खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यमा हानि पुर्‍याउँछ । दही, केरा, काँचो गोलभेंडा आदि खाली पेटमा खानुहुँदैन । खाली पेटमा चियाकफी पिउनु पनि राम्रो हुँँदैन । त्यसको सट्टा हल्का मनतातो पानी पिउन सकिन्छ ।

सोडा

सोडामा ठूलो मात्रामा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा सेवन गर्नाले बान्ता आउन सक्छ । साथै असहज महसुस हुन सक्छ ।

अल्कोहल

खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण, खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

गोलभेंडा

गोलभेंडामा एसिडको मात्रा हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ, जसको कारणले पेटमा पत्थरी बन्न सक्छ ।

औषधि

कतिपय औषधि खाली पेट नखानू भनेर चिकित्सकले सल्लाह दिने गरेको पाइन्छ । खाली पेटमा औषधि खानाले पेटमा एसिड बढेर असन्तुलन पैदा हुन्छ ।

तरुल

तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यसकारण, यसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ ।

दही

दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।

चटपटे खाना

खाली पेटमा कहिल्यै पनि चटपटे खाना खानुहँुदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । यस्तो खानेकुरा खानाले पेटसम्बन्धी समस्या आउँछ ।

कफी

खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन तŒव हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ । बिहान कफी खानै परे पहिले एक गिलास पानी पिउन सकिन्छ ।

चिया

खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ । यसले ग्यास्ट्रिकसमेत बढाउँछ ।

केरा

खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *