यूएईमा दुई नेपाली कोरोना संक्रमित

Spread the love

काठमाडौं । संयुक्त राष्ट्र इमिरेट्स (युएई)मा रहेका दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको नेपाली दूतावासले जनाएको छ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले संक्रमित ब्यक्तिको अवस्था स्थिर रहेको बताए।‘संक्रमण भएका नेपालीको स्वास्थ्य अवस्थाबारे हामीले युएईका सम्बन्धित अधिकारीहरूसँग बुझिरहेका छौं। विश्वास छ, उहाँहरु चाँडै स्वास्थ्य लाभ गरी निवास फर्कनुहुनेछ।’ राजदूत ढकालले भने।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यसअघि पनि दुई जना नेपाली कामदार संक्रमित भएका थिए। उनीहरु भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। शनिबार बिहानसम्म यूएईमा ४०५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ। यूएईमा संक्रमितमध्ये ५२ जना निको भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। – मकालु खबर

युएईमा कोरोना संक्रमित २ नेपालीको स्वास्थ्य स्थिर, राजदूत भन्छन् – चाँडै निकाे हुनेछ

संयुक्त अरब इमिरेट्स (युएई)मा काेराेना संक्रमित दुईजना नेपालीमा स्वास्थ्य स्थिर रहेकाे छ। युएईको मिनिस्ट्री अफ हेल्थ एण्ड प्रिभेन्सन (एमओएचएपी)ले शुक्रबार सूचना जारी गरे उनीहरुमा काेराेना संक्रमण भएकाे जानकारी गराएकाे थियाे।

उनीहरुकाे युएईमै उपचार भइरहेको छ। यसअघि पनि दुईजना नेपालीमा काेराेनाकाे संक्रमण देखिएको थियो। केही समयको उपचारपछि उनीहरुलाई स्वास्थ्यलाभ भएको थियो।

आबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले सामाजिक सञ्जालमा भनेका छन्, ‘विश्वास छ, उहाँहरु पनि चाँडै नै स्वास्थ्यलाभ गरी निवास फर्कनुहुनेछ। उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

युएईमा काेराेनाकाे संक्रमण प्रायः विदेशबाट आएका र विदेशबाट आएका संक्रमितकाे सम्पर्कमा आएका मानिसमा देखिएको छ। – नेपाल लाइभ

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *