अस्ट्रेलियामा ८ जना नेपाली विद्यार्थी कोरोना संक्रमित

Spread the love

क्यानबेरा । अस्ट्रेलियामा ८ जना नेपाली विद्यार्थीलाई कोरोनाभाइरस संक्रमण भएको अस्ट्रेलियाली अधिकारीलाई उद्धृत गर्दै क्यानबेरास्थित नेपाली दूतावाले जनाएको छ । दूतावासका अनुसार अस्ट्रेलियाको न्यूसाउथ वेल्समा ४, भिक्टोरियामा ३ र तस्मानियामा १ जना नेपाली विद्यार्थी संक्रमित भएका हुन् ।

तस्मानियाका संक्रमित विद्यार्थी भने अहिले उपचारपछि पूर्ण रुपमा स्वस्थ भएर घर फर्किइसकेको दूतावासले जनाएको छ । दूतावासले उपचारको क्रममा रहेका अन्य सातैजना विद्यार्थीहरुको स्वास्थ्यमा पनि उल्लेख्य सुधार हुँदै गएको र आफ्नै घरमा क्वारेन्टाइनमा रहेको जनाएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

दूतावासले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अस्थायी बासिन्दा र नेपाली समुदायमा कोभिड १९ को संक्रमण फैलिन नदिन र संक्रमितलाई स्वास्थ्य उपचारको उचित व्यवस्था मिलाउन अस्ट्रेलियाको सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *