संविधान संशोधनको माग गर्ने नै संशोधनको खाका तयार पार्ने मन्त्रालयमा

Spread the love

मंसिर ६, काठमाडौं, संविधान जारी भएलगत्तै असन्तुष्टि व्यक्त गरी संविधान संशोधको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

डेढ वर्षअघि स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा गएका उनले बिहीबारदेखि कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश रहेको प्रतिक्रिया दिए ।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हो । तर , सत्ता साझेदार दलसँग छलपल नै नगरी मन्त्री हटाउने र मन्त्रालय फेर्ने अलोकतान्त्रिक शैली हो ।’ उनले भने , ‘ मैले पनि सरकारको पुनर्गठनबारे मिडियाबाटै जानकारी पाएको हो । उपप्रधानमन्त्री सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा हुनुहुन्छ । यस्तो अवस्थामा छापामार शैलीमा जुन काम भएको छ हामो पार्टीले यसको गम्भीर समिक्षा गर्छ ।’

पार्टीका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री यादव स्वदेश फर्किएपछि छलफल गरेर एउटा निर्णयमा पुग्ने डा . भट्टराई जानकारी दिए । यो समाचार सविन शर्माले आजको राजधानी दैनिकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *