सन् २०१९ का उत्कृष्ट एन्ड्रोइड एपहरु

Spread the love

विश्वमा स्मार्टफोनको प्रयोग दिनानुदिन बढिरहेको छ । विश्वमा आइफोन भन्दा एन्ड्रोइड फोन मान्छेले बढी प्रयोग गर्छन् । सायद आइफोन महंगो भएर पनि होला ।

एक दशक अगाडी एन्ड्रोइड एप खासै प्रयोग हुदैन्थ्य । गूगलले सन् २००८ मा प्ले स्टोरमा ५० वटा एन्ड्रोइड एप सार्वजनिक गरेको थियो ।

तर सन् २०१९ सम्म आइपुग्दा छलाङ मारेको छ । सन। २०१९ सम्म गूगलको प्ले स्टोरमा २८ करोड एप सञ्चालनमा छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

टिकटक

२०१६ मा सार्वजनिक भएको टिकटकमा भिडियो सेयरिङ गर्न मिल्छ । गत वर्षको नोभेम्बरमा १.५ बिलियनले टिकटक एप डाउनलोड गरेका थिए ।

टिकटक सन् २०१९ मा धेरै डाउनलोड हुने ननगेमिङ एपमा तेस्रो नम्बरमा पर्छ । यसलाई गूगलको प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

ग्लिच भिडियो इफेक्ट

यो एउटा भिडियो इडिटिङ गर्ने एप हो । यस एपमा रेट्रो भीएचएस, क्रोम, आरबीजी, नोइज, मिरर, स्याडो लगायतका एकसय भन्दा धेरै इफेक्टहरु उपलब्ध छन् ।

यो एप गूगल प्ले स्टोरको बेस्ट एप २०१९ मा पर्न सफल भएको छ । ग्लिच एपबाट आफ्नो फोनमा भएको गीत प्रयोग गरेर पनि भिडियो बनाउन सकिन्छ । यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

गुगल स्टाडिया

गुगल स्टाडिया गुगलले निर्माण भिडियो गेम स्ट्रीमिङ एप हो । जसलाई मोबाइल, ल्यापटप, डेस्कटप तथा टीभीमा पनि प्रयोग गर्न सकिन्छ ।

यो एप प्ले स्टोरबाट निशुल्क डाउनलोड भए पनि यो भित्र भएका गेमको लागि भने निश्चित रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

कल अफ डिउटी

कल अफ डिउटी एउटा गेमिङ एप हो । यो एप गत अक्टुवरमा सार्वजनिक भएको थियो । यो गेम मोबाइलमा निशुल्क खेल्न सकिन्छ ।

यो गेम खेल्नको लागि इन्टरनेटको आवश्यकता पर्दछ । यो एप सार्वजनिक भएको एक हप्तामा एकसय मिलियन भन्दा धेरै डाउनलोड भएको थियो ।

यो एप एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टममा उपब्ध छ। जसलाई निशुल्क डाउनलोड गर्न सकिने छ ।

डिस्ने प्लस

डिस्ने प्लस एउटा स्ट्रीमिङ सेवा प्रदान गर्ने मोबाइल एप हो । जुन सन् २०१९ को नोभेम्बरमा सार्वजनिक भएको हो । यसमा एक महिनाको स्ट्रिमिङ सेवा लिनको लागि ७ डलर शुल्क तोकएको छ ।

यो एप सार्वजनिक भएको पहिलो दिनमै दश मिलियनले सेवा प्रयोग गरेका थिए । यसमा पाँचसय मुभिज र सातहजार पाँचसय टिभी सो हरु छन् । यो एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।

गुगल म्याप

गूगल म्यापले विभिन्न क्षेत्रहरुको नक्साको बारेमा जानकारी दिन्छ । यसमा २ सय २० भन्दा बढी देशका क्षेत्रहरु र लाखौंको संख्यामा विजनेश तथा ठाउँहरु नक्सामा आवद्ध छन् ।

गूगल म्यापबाट रियल टाइम जीपीएस, ट्राफिक, ट्रान्जीट तथा विभिन्न ठाउँहरुको बारेमा जानकारी पाउँन सकिन्छ ।

अब्लो

अब्लो एउटा च्याट गर्न मिल्ने एप हो । यसबाट विश्वभरका नयाँ साथिहरुसँग कुराकानी गर्न, साथि बनाउन र भिडिओ कुराकानी गर्न सकिन्छ ।

यसमा लाइभ ट्रान्सलेसनको पनि सुविधा रहेको छ । यो एप प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *