नेकपाको सहमतिमा राष्ट्रपति साक्षी

Spread the love

मंसिर ५, काठमाडौँ । आज मंसिर ५ गते बिहीबार आजका राष्ट्रिय दैनिक पत्रिकाहरुमा मन्त्रिपरिषद् पुनर्गठन र नेकपामा नयाँ कार्यविभाजनको समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् ।

घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रामेश्वर राय यादवलाइ श्रम रोजगार तथा सामाजिक र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने गरी राष्ट्रपति कार्यालयमा नाम पठाइएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

राष्ट्रपति ‘साक्षी’

नागरिक दैनिकका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको रोहबरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष पद दिइएको छ । पार्टी एकीकरण भएको डेढ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच कार्यविभाजन भएको समाचारमा उल्लेख छ ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार र पार्टी एक–एक जनाले सञ्चालन गर्ने गरी कार्यविभाजन भएको हो । कार्यविभाजनअनुसार सरकारको नेतृत्व पाँच वर्षसम्म केपी शर्मा ओलीले नै गर्ने भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

कान्तिपुर दैनिकका अनुसार ओली र दाहालबीच नयाँ सम्झौता हुने वातावरण बनाउनमा राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिका रहेको समाचार प्रकाशित गरेको छ । ‘ओली र दाहालले बुधबार राष्ट्रपति भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो,’ घटनाक्रमका जानकार नेकपाका एक नेताले भने । एक्ला एक्लै गरिएका विगतका समझदारी कार्यान्वयनमा ओलीले उदासिनता देखाएपछि दाहालले भरपर्दो साक्षाी खोजेका थिए । लगत्तै उनीहरुले राष्ट्रपति भण्डारीलाई भेटेर सहमति गरे ।

नागरिक दैनिकका अनुसार यसअघि वामदेव गौतमलाई उपाध्यक्ष बनाउने, ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुख बनाउनेजस्ता विषयमा राष्ट्रपति भण्डारीले दाहाल अतरिक्त महासचिव विष्णु पौडेल, पोखरेल र गौतमलाई एकै ठाउँ राखेर सहजीकरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *