हङकङमा कोरोना भाइरसको उपचारपछि घर फर्काइएको कुकुर मर्‍यो

Spread the love

हङकङ, हङकङमा कोरोना भाइरस ‘कोभिड–१९’ को उपचारपछि घर फर्काइएको कुकुर मरेको छ।

कोरोनाको उपचारपछि उक्त कुकुुर स्वस्थ बनेको थियो। तर क्वारेन्टाइनबाट फर्काइएपछि सोमबार उक्त कुकुर मरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

गत फेब्रुअरी २६ मा कोरोनाको संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिएको थियो। शनिबार मात्र कुकुरलाई घर फर्काइएको थियो।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कोरोनाको संक्रमणपछि कुकुर मरेको यो पहिलो घटना हो।

हाल १६६ भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। विश्वमा हालसम्म १ लाख ९८ हजार ७१६ मानिसको यसको संक्रमण पुष्टि भउको छ।

यसबाट मृत्यु हुनेको संख्या ७ हजार ९८९ पुगेको छ। हङकङमा कोरोनाको संक्रमण १६८ जनामा देखिएको छ। त्यहाँ मृतकको संख्या चार पुगेको छ। – एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *