चीनद्वारा तीन अमेरिकी पत्रकारलाई देश निकाला

Spread the love

चीनले तीनजना अमेरिकी पत्रकारलाई देश निकाला गरको छ । अमेरिकी पत्रिकासँग आबद्ध तीनजना पत्रकारहरुलाई चीनले आफ्नो देशबाट निष्कासन गरेको हो ।

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि त्यसको प्रत्युत्तरमा चीनले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ।

चिनियाँ विदेश मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ। चीनका अर्धस्वायत्त क्षेत्र हङ्‌कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउने गरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले चीनको यस कदमलाई दुर्भाग्यपूर्ण ठहर गर्दै यस निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

गत महिना पनि कोरोना भाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो। – देश सञ्चार

चीनद्वारा तीन अमेरिकी पत्रकारलाई देश निकाला

चीनले अमेरिकाका थप तीन जना पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ । न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न भनेको हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ । यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको छ ।

यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो । – अनलाइनखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *