अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

Spread the love

एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको हो ।

राष्ट्रपति ट्रम्पले सो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा रुपमा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतवानी दिँदै भने, ‘चीनलाई दुव्र्यवहार गर्नुअघि उनीहरुले ‘उनीहरुको काममा ध्यान केन्द्रीत’ गर्नुपर्छ ।’

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए । चीनको विरोध गर्दा पछिल्ला दिन ट्रम्पले पटक–पटक कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका छन् ।

पछिल्लो साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरस फैलाएको दोष अमेरिकी सेनामाथि लगाएका थिए । उक्त आरोपको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत हल्ला फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

चीनको उहानबाट सुरु भएको कोरोना महामारीले विश्वका १ लाख ९० हजारभन्दा बढी संक्रमित भैसकेका छन् भने करिब ८ हजारको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *