अमेरिकामा बाध्यता परे मात्रै मानिस घर बाहिर निस्केका देखिन्छन्

Spread the love

क्यालिफोर्निया । म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहर बस्छु । फ्रान्सिस्कोमा कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनेको संख्या बढ्दो छ ।

यहाँको सरकारले कोरोनाको संक्रमण थप फैल्न नदिन कडा सतर्कता अपनाएको छ । तर पनि अमेरिकाको धेरै क्षेत्रमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ ।
अहिले स्कुल, कलेज लगायत सबै शैक्षिक संस्थाहरू बन्द छन् ।

हामी बस्ने क्षेत्रमा नगरपालिकाले मानिसको जमघट भई कुराकानी गर्न र खेलहरु नखेल्न भनेको छ । सडकमा पहिलाको तुलानामा दिनप्रतिदिन गाडी कम देखिन थालेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मानिस बाध्यता परे मात्रै बाहिर निस्केको देखिन्छ भने अनावश्यक रुपमा मानिस घरबाहिर निस्किएको पाइँदैन् । म काम परेर एअरपोर्ट गएको थिएँ एअरपोर्टमा आवतजावत सुनसान जस्तै छ एउटा प्लेनमा चार पाँच जनामात्र चढेको देंखे । मानिसहरु यहाँ यात्रा गर्न छोडेको अवस्था छ । सरकारले घरबाट इन्टरनेटको प्रयोगबाट हुने काम घरबाटै गर्न भनेको छ ।

म पनि केही दिनदेखि इन्टरनेटबाटै घरमै बसेर काम गरिरहेको छु । मैंले देखेको भोगेको अनुसार अमेरिकामा धेरै काम इन्टरनेटबाटै हुन्छन् ।

कुनै मानिस विरामी भए आफनो डक्टरलाई इन्टरनेटबाट वा फोन गरेर आफनो स्वास्थ्य बारेमा जानकारी गराएर भेटनको लागि समय लिनु पर्ने हुन्छ ।

केहि दिनदेखि यस क्षेत्रको बजारमा खाद्यन्न, पानी, तेल, तरकारी, मासु लगायत दैनिक जिवनमा प्रयोग हुने सामानहरु सहज रुपमा पाइएको अवस्था छैन ।

धेरै मानिसले कोरोनाको डरले महिनौं दिनलाई पुग्ने सामान किनेर राख्दा भनेको सामान नपाइएको सुपमार्केट सञ्चालक बताउँछन् ।

मैले पनि भोलि के हुन्छ थाहा छैन् त्यस कारण केहि महिना पुग्ने अत्यावश्यक सामान किनेर राखिसकेको छु । सामान बाहिरबाट पसलमा आउँने वितिकै मानिसहरुले किन्ने गरेको कारण पछि जाने मानिसलाई सामान नपुग्ने अवस्था छ ।

अमेरिकामा सरकारले कोरोना संक्रमण थप फैलन नदिन काम गरे पनि आममानिसहरु भोलि के हुने हो भनेर आत्तिएको अवस्था छ । यहाँ कार्यरत धेरै नेपालीलाई काम छोड्नु पर्दा गाडी र घरको किस्ता तिर्ने समस्याले पिरोलिएका छन् ।

यहाँका बैंकले ऋण लिएकालाई व्याजदर घटाइदिने बताइएको छ । सरकारले इमरजेन्सी कामको लागि सहयोग गर्ने बताए पनि अन्य कामको लागि आफै व्यवस्था गर्नु पर्ने हुन्छ ।

साथै फोन, इन्टरनेट, पानी ग्यास लगायत अत्यावस्यक सेवा पैसा नतिरे पनि हाल सरकारले नकाट्ने भनेकोे सुनेको छु । कोरोना संक्रमणको लक्षण देखा परेका मानिस र परिवारलाई विभिन्न संघ सस्था कम्पनीले सहयोग गर्दै आएका छन् ।

– गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *