खानेपानी मन्त्री बिना मगर पनि बेपत्ता ! : बेपत्ता सूचीमा २५ सय ६ जनाको नाम

Spread the love

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो । सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले रातोपाटीलाई बताए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको हो । आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।

खानेपानी मन्त्री बिना मगर पनि बेपत्ता !

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई वेपत्ता व्यक्तिको सूचीमा राखेको छ । आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री मगरको पनि नाम छ ।

उजुरी निवेदनका आधारमा वेपत्ता पारिएका व्यक्तिको नामावली सार्वजनिक गरेको आयोगले जनाएको छ । मन्त्री मगरको नाम १९० नम्बरमा छ ।

हेर्नुहोस् सूची :

https://drive.google.com/file/d/1VoO44EhR-k1mQheDqTUdM2g2xkuWgHUO/view

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *