कोरोना संक्रमणबाट स्पेनका २१ वर्षीय फुलबल प्रशिक्षकको मृत्यु

Spread the love

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । कोरोनाबाट २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको मृत्यु भएको हो ।

उनी स्पेनिस लीगको दोस्रो डिविजन युवा टीम एटलेटिको पोर्ताडा अल्टाका प्रशिक्षक थिए।उनी गम्भीर बिरामी भएपछि अस्पतालमा भर्ना भएका थिए।स्वास्थ्य परीक्षणका क्रममा उनमा कोभिड 19को संक्रमण देखिएको थियो।साथै उनी ल्युकेमिया (क्यान्सर)बाट पीडित भएको पाइएको थियो।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

स्थानीय मिडियाले चिकित्सकलाई उदद्धृत गर्दै भनेका छन् -उनी ल्युकेमियाबाट पीडित नभएको भए सजिलै बचाउन सकिन्थ्यो।

गत साता कोरोना पोजेटिभ देखिएपछि उपचारको क्रममा आइतबार मृत्यु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । स्पेनमा कोरोना भाइरसबाट प्रभावित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। त्यहाँ ३ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब ९ हजारभन्दा बढी मानिसमा संक्रमण भएको पुष्टि भएको छ। अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *