अमेरिकन आइडलमा नेपालका दिवेशको कमाल, निर्णायकले भने – मोर मोर

Spread the love

अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएपछि चर्चामा आएका नेपाली गायक दिवेश पोखरेलले हलिउडमा दिएको पहिलो प्रस्तुतिबाट तीनै जना निर्णायकको मन जितेका छन्।

अमेरिकन आइडलले सार्वजनिक गरेको दिवेशको प्रस्तुतिसम्बन्धी भिडिओमा उनको उत्कृष्ट गायकी र त्यसमा निर्णायकहरूको प्रतिक्रिया हेर्न सकिन्छ।

पहिलो प्रस्तुतिका दिने क्रममा उनले ओटिस रेडिङ र द ब्ल्याक क्रोजको ‘हार्ड टु ह्यान्डल’ गीत गाएका थिए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनले गाएको गीतमा शोका निर्णायकहरू क्याटी पेरी, लुक ब्रायन तथा लियोनेल रिची यति मग्न भएकी उनको गीत सकिँदा उनीहरूले ‘सकियो र?’ जस्तो भावको प्रतिक्रिया जनाए थिए।

त्यसपछि निर्णायक पेरीले ‘मोर, मोर’ भन्दै दिवेशलाई पुनः गीत गाउन आग्रह गरेकी थिइन्।

जवाफमा उनले ‘धन्यवाद’ फर्काउँछन्, तर पेरीले ‘मोर, मोर’ भन्न छोड्दिनन्।

उनको त्यो मागमा अन्य दुई निर्णायक रिची र ब्रायनले पनि साथ दिँदै ‘मोर, मोर’ भन्छन्।

त्यसपछि दंग परेका दिवेशले पुनः सो गीत गाउँछन् र निर्णायकको मन हर्छन्।

दोश्रो पटक गीत सुनिसकेपछि रिचीले दिवेश आफूलाई चर्चित जमैकन गायक बब मार्लीजस्तो लागेको कुरा क्याटी र ब्रायनसँग साट्छन्। उनी दिवेशको प्रस्तुतिबाट अत्यन्त दंगदास देखिए।

आर्थर गनको नामले अमेरिकन आइडलमा सहभागी बनेका दिवेशलाई साथ दिन त्यहाँ उनकी दिदी रूपा पोखरेल पनि पुगेकी थिइन्।

आफ्नो प्रस्तुतिबाट निर्णयकहरूको मन जित्न सकेकोमा दिवेशले खुशी भएको प्रतिक्रिया दिए।

उनले निर्णायकहरूले आफूसँगै गाएर साथ दिनु ठूलो कुरा भएको बताए। – सेतोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *