४३ वर्षीया महिलामा कोरोनाविरुद्धको पहिलो परीक्षण खोप

Spread the love

न्युयोर्क । अमेरिकी अनुसन्धानकर्ताहरूले ४३ वर्षीया महिलालाई कोरोना भाइरसको प्रयोगात्मक खोप लगाएका छन् ।सिएटलस्थित कैसर परमेन्ट वाशिंगटन रिसर्च इन्स्टिच्यूटका वैज्ञानिकहरूले ती महिलालाई खोप लगाएका हुन् ।

अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई पहिलो खोप दिइएको हो । कैसर परमेन्टे अध्ययनका नेतृत्वकर्ता डा. लिसा जैक्सनले भने, ‘हामी प्रयोगको पूर्व संध्यामा छौं, सबैजना यस आपतकालमा सकेजति सहयोग गर्न चाहन्छन् ।’

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

पहिलो खोप परीक्षण गरिएकी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताइन् । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरिएको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ ।

विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् । विश्वभरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेको छ ।

अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो सामान्य तया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो । – एजेन्सी

कोरोना भाइरसविरुद्धकाे पहिलाे खाेप ४३ वर्षीया महिलामा परीक्षण

एजेन्सी । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिएकाे छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका हुन् ।

सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ स्वयमसेवीलाई पहिलो भ्याक्सिन लगाइदिँदै यसको परिक्षण सुरू गरेका हुन् । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेर नामकि ती महिलाले समाचार संस्था एपीसँग भनिन् ।

त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो । वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन् । परीक्षण अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरू गरिएकाे हाे ।

सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा पहिलाेपटक मानवमा परीक्षण हुन लागेको साे खाेपकाे नाम mRNA-1273 राखिएकाे छ । – news24

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *