नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड बने, ओली पाँच वर्षलाई प्रधानमन्त्री

Spread the love

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँटबारे औपचारिक निर्णय गरेको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको हो ।

वरियता यथावत रहे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यस कार्यकालभर सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री रहनेछन् ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।

 

अध्यक्षद्वयको कार्यविभाजनका सम्बन्धमा नेकपाको निर्णयमा लेखिएको छ : अध्यक्षद्वय कमरेडहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहने । अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने । प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने । पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।’

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *