कांग्रेसका प्रदेश सभा सदस्य र नगर सभापतिबीच कुटाकुट

Spread the love

मङ्सिर ४, वीरगन्ज । प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगन्ज महानगरपालिकाका नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ । बुधबार बिहान करिब ८ बजे आदर्शनगरस्थित एक चिया पसलमा शर्मा र कलवारबीच कुटाकुट भएको हो ।

शर्मा र कलवारबीच कुटाकुट गर्नुको कारण भने थाहा भएको छैन् । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उनीहरुबीच भएको झगडाको बिषयमा आधिकारीक जानकारी नपाइएको बताए । झगडापछि घाइते भएको दुबैजनाले नारायणी अञ्चल अस्पतालमा उपचार गराएका छन् ।

नगर सभापति कलवार मुखमा बढि चोट लागेकाले उनलाई नारायणी अस्पतालबाट थप उपचारकालागि काठमाडौं लगिएको बताए ।

वीरगन्ज महानगरपालिकाका नगर सभापति एवं टाउन हलका सञ्चालक कलवारले पार्टीमा राम्रो सम्बन्ध नभएकाले गुण्डागर्दी शैलीमा प्रदेश सभा सदस्य शर्माले आफुमाथि कुटपिट गरेको बताए । पार्टीको बैठकमा पनि भनाभन भइरहने गरेको उनले बताए ।

यता प्रदेश सभा सदस्य एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका शर्माले भने टाउन हलको टेण्डरमा अनियमितता भएको विषमा कुरा उठाएपछि आफुमाथि कलवारले कुटपिट गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *