बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

Spread the love

मङ्सिर ४, डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । सोमबार साँझ २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् ।

अमरगढी नगरपालिकास्थित बजार क्षेत्रमा कोठा लिई बसेकी बुहारी नाता पर्ने महिलामाथि उनले कोठामै गएर बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई सोमबार रातिनै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनीमाथि मंगलबार जिल्ला अदालत डडेल्धुरामा जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप अनुमती लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *