गाउँपालिकाका वडाअध्यक्ष मृत भेटिए

Spread the love

४ मङि्सर, बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ का वडाध्यक्ष राजबहादुर चन्दको मृत्यु भएको छ । ५८ वर्षीय वडाध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए ।

मंगलबार कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका उनले बताए । मृतक चन्दको शव बाटो भन्दा केही तल फेला परेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *