किन वकिलले कालो कोट र सेतो शर्ट नै लगाउने गर्छन् ?

Spread the love

एजेन्सी । सँधैजसो तपाईले फिल्ममा या विभिन्न समयमा वकिलहरुलाई देख्नु भएको होला र तपाईलाई राम्रोसँग थाहा होला कि वकिल कालो कोट र सेतो शर्ट लगाउँछन् ।

तर के तपाईलाई थाहा छ किन वकिलले कालो कोट लगाउँछन् ? किन अरु रङका कोट लगाउँदैनन् ? यो कुनै फेसन नभई यसपछाडि एक रहस्य रहेको छ । त्यसको बारेमा चर्चा गरौं । वकालतको सुरुवात वर्ष १३२७ मा एडवर्ड तृतीयले गरेका थिए र त्यस समय ड्रेस कोडको आधारमा न्यायधीशको भेषभुषा तयार गरिएको थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यस समय जजले आफ्नो सीरमा एक कपालवाला विग लगाउँथे । वकालतको सुरुवाती समयमा वकिल ४ भागमा बाँडिएका थिए जुन यसप्रकार थिए । स्टुडेन्ट (छात्र), प्लीडर (वकिल), बेन्चर र बेरिस्टर । यी सबैले जजको स्वागत गर्दथे । त्यस समय अदालतमा सुनौलो रातो कपडा र खैरो रङबाट बनेको गाउन लगाइन्थ्यो । त्यसपछि वर्ष १६०० मा वकिलहरुको भेषभूषामा परिवर्तन आयो ।

१६३७ मा यस्तो प्रस्ताव राखियो कि काउन्सिललाई जनताको अनुरुपनै कपडा लगाउनुपर्छ । त्यसपछि वकिलहरुले लामो गाउन लगाउन सुरु गरे । त्यस समय मानिन्थ्यो कि उनीहरुको भेषभूषाले न्यायधीश र वकिलहरुलाई फरक देखाउँथ्यो । सन् १६९४ मा बेलायती महारानी क्वीन म्यारीको दादुरा रोगले मृत्यु भयो ।

जसमा उनका पति राजा विलियम्सले सबै न्यायधीश र वकिललाई सार्वजनिक रुपमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकजुट हुन आदेश दिए । यस आदेशलाई कहिल्यै पनि रद्द गरिएन, जसकारण आजसम्म पनि यो प्रथा चलिआएको छ कि वकिल कालो गाउन लगाउँछन् । अब त कालो कोट वकिलहरुको पहिचान बनेको छ । मान्ने गरिन्छ कि कालो कोट र सेतो शर्ट वकिलहरुलाई अनुशासनमा राख्दछ र उनीहरुमा न्याप्रति विश्वास जगाउँछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *