पैसा भए अरू के चाहियो ?

Spread the love

झट्ट हेर्दा सबै छर्लङ देखिने त्रिपाल । कुनै चिन्ता न लोभ । भ्रमणशील राउटे समुदाय । उनीहरूमा छाउ“दै गएको खुकुलोपन । यसो भएपछि गैरराउटेसँग घुलमिल हुन पनि सजिलो । कुनै बेला गैरराउटेसँग विवाद हुँदा होस् वा सामुदायिक वनमा रूख काट्दा तत्कालीन मुखिया मानबहादुर शाही अघि बढिहाल्थे । उनले भनेको सबैले मान्थे । ६ दशकसम्म राउटे अगुवा गरेका मानबहादुर शाहीको काम गर्न नसक्ने भएपछि उनकै सहदोर ज्वाइ“ महिनबहादुर शाही ‘मुखिया’ भए ।

दैलेख कुशापानी जंगलमा महिनबहादुर शाही चिप्लिएर घाइते भएपछि राउटे समुदायलाई तीन जातिबाट तीन मुखिया छनोट गरे । रास्कोटीबाट दिलबहादुर शाही, कल्यालबाट हरिबहादुर शाही सोमवंशीबाट सूर्यनारायण शाही मुखिया चुनिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तीनवटै मुखियाको मौका छोप्दै गैरसरकारी संघसंस्थाले तीनै जातिका मुखिया भेट गरेर प्रलोभनमा पारेर फोटो खिच्ने ‘डकुमेन्ट्री’ बनाउने थालेपछि बस्तीमा ‘गैरराउटे’लाई प्रवेश गर्न सजिलो भयो । प्रविधि अस्वीकार गरे । उनी ‘फोटो खिचेमा पैसा चाहिन्छ’ भन्न थाले । विभिन्न दाताले राउटेलाई रेडियो, सौर्य ऊर्जालगायत प्रविधि दिए पनि एक÷दुई दिनपछि उनीहरूले कम मूल्यमा गैरराउटेमा बिक्री गरिदिन थाले । त्यही पैसाबाट मदिरा किनेर खाने बानीमा परे ।

कसैले सित्तैमा अरूले दिएको खानेकुरालाई ‘उपहार’ ठान्ने समुदाय भने लोकतन्त्रपछि ‘फोटो खिचेमा पैसा चाहिन्छ’ भन्न थाले ।

सञ्चार, सौर्य ऊर्जा प्रविधि प्रयोग गर्छन् । तर, बस्तीमा लगेर प्रयोग गर्दैन । र, त्यसो नगुर्नको कारण ससाना बालबालिका वा महिलाले देखे भने सिको गर्छन् भन्ने चिन्ता लाग्ने गरेको राउटे अगुवा वीरबहादुर शाही बताउ“छन् ।

गैरराउटेले प्रयोग गरेका केही समान आफ्नो संस्कारविरुद्ध हुने भएकाले प्रयोग गरे पनि आफूस“गै बोक्ने र बस्तीमा लिएर राख्ने नगरेको मुखिया दिलबहादुर शाहीले सुनाए । झन्डै ७२ वर्ष नाघिसकेका ‘महामुखिया’ महिनबहादुर शाही भने बेलाबेला सञ्चारमाध्यममा अन्तरवार्ता दिने गर्छन् । २०६६ सालमा दैलेख महोत्सवका समय पञ्चकोसी एफएममा आफूले पहिलोपटक अन्तर्वार्ता दिएको उनले खुलासा गरे । ‘मैले दुनियाँलाई राउटे महोत्सवमा आउने हुन्न धेरै दारु नदिनुहोला भनेको थिएँ,’ उनी भन्छन्, ‘गाउँका अधिकांश मान्छे मैले भनेको निको मान्छन् । तपाई मुखियाले आज राम्रो कुरा बोल्नुभयो भनेर सबैले धन्यवाद भनेर हाते मिलाउँथे ।’

कुल देवता रिसाउने, सिकार नमर्नेजस्ता अन्धविश्वासले समाजमा जरा गाडेको छ । उनीहरूले सल्ली कुकाठको उज्यालो मन पराउँछन् तर सौर्य ऊर्जा प्रयोग गर्दैनन् । खाना पकाउन, पानी बोक्नका केही स्टिल, गिल्टी, खुराका भाँडा प्रयोग गर्छन् । अन्य सबै प्रयोजनका लागि कुकाठ नै प्रयोग गर्छन् । प्लास्टिक भाँडाकुडा हालसम्म प्रयोग नगर्ने यो नै एउटा नमुनायोग्य समुदाय भएको कतिपय मानवशास्त्री दाबी गर्छन् ।

लोपोन्मुख जातिले यी प्रविधि प्रयोग नगर्नु राउटेको एकातिर संस्कार त होला । अर्कोतिर राउटेको प्रकृतिकसँग सुमुधुर सम्बन्ध भएकाले प्रयोग गर्ने नगरेको ठाटिकाँध गाउँपालिका कृष्ण उमाविका शिक्षक दिलबहादुर रावत बताउ“छन् । बस्तीमा सल्ली र आगोको दियालोले उज्यालो भइहाल्ने भएकाले सौर्य ऊर्जातिर त्यति ध्यान दिएको पाइ“दैन ।

केही वर्षअघि दाङ चिसापानी बसोबास गरिरहेका बेला एक गैरसरकारी संस्थाले सूचनाबाट जनचेतना जगाउन बस्तीमा रेडियो वितरण गर्न लाग्दा राउटे मुखिया सूर्यनारायण शाहीले झोकि“दै ‘अस्वीकार’ गरेको पत्रकार हरिहरसिंह राठौर बताउ“छन् ।

‘हाम्रो जनतालाई रेडियो चाहि“दैन, यदि जबर्जस्ती गर्ने भए अन्य सहयोग फिर्ता गरिदिने’ धम्कीपछि संस्था रेडियो वितरण नगरी फर्कियो । हुन त राउटेमा सम्पर्क गर्न सजिलो बनाउन मोबाइल किनिदिने बचन धेरै सरकारी वा गैरसरकारी संस्थाले दिएकै हुन् । उनीहरूले त्यसको प्रतिकार गरिरहे । ‘हामीलाई रेडियो, मोबाइल किन चाहियो ? खसी चामल दिए भैगो,’ उनीहरू भन्थे ।

सिकारमा जाँदा राउटेको सञ्चार ‘हरियो घाँस’ हो । दोबाटो भएको ठाउँमा घा“स भाँचेर राख्छन् । घाँसको टुप्पो जतातिर फर्किएको हुन्छ, उत्तैतिर अन्य सदस्य जाने गरेको युवा प्रकाश शाहीले खुलासा गरे । ‘अधिकांश सहयोगीले मोबाइल दिन्छौं त भन्छन्, हामी लग्दैनौं भनेर जवाफ दिन्छौं,’ उनले भने, ‘सम्पर्कका लागि कापीमा फोन नम्बर टिप्न लगाउँछौं । नजिकैको गाउँ वा सहरबाट फोन गर्न लगाई कुरा गर्छौं ।’ भक्तबहादुर शाहीले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *