कति धनी छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराछोरी ?

Spread the love

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै वर्ष पहिले नै फोब्र्स पत्रिकाले सार्वजनिक गर्ने धनीहरुको सूचीमा आफ्नो नाम लेखाइसकेका थिए । आजभोलि फोब्र्स पत्रिकाले त्यति बेला ट्रम्पले आफूलाई अझ माथिल्लो स्थानमा देखाउन लबिइङ गरेको विषयमा लेख्न थालेको छ ।

त्यति बेला ट्रम्प आफ्नो सम्पत्तिबारे बारम्बार भन्न चाहन्थे, आफूलाई धनी देखाउन चाहन्थे । तर, फोब्र्स पत्रिकामा चेस पिटर्सनले लेखेको एक रिपोर्टमा चाहिँ ट्रम्पका तीन छोराछोरीले यस विषयमा केही भन्न नचाहने उल्लेख गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

फोब्र्सले यसबारेमा लामो अनुसन्धान गरेको छ । अनुसन्धानअनुसार ट्रम्पकी छोरी इभान्का ट्रम्प छोराछोरीमा सबैभन्दा धनी देखिएकी छिन् । फोब्र्सको रिपोर्टमा जनाइएको अनुसार उनीसँग करिब ३७५ मिलियन अमेरिकी डलर सम्पत्ति छ । तर, ट्रम्पका दुई छोरा डोनाल्ड ट्रम्प जुनियर र इरिक ट्रम्पसँग २५ मिलियन अमेरिकी डलर सम्पत्ति छ ।

डोनाल्ड ट्रम्पले आफ्ना दुई सन्तान २६ वर्षकी छोरी टिफानी र १३ वर्षका छोरा बारोनलाई चाहिँ अहिलेसम्म सम्पत्ति नदिएको फोब्र्सको रिपोर्टमा उल्लेख गरिएको छ । त्यसो त अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको नाममा पनि ट्रम्पले एउटा मात्र बिल्डिङ राखेका छन् ।

ट्रम्पका छोराछोरीको उनको व्यवसायमा पनि उल्लेख्य सेयर छैन । बरु उनीहरुले वर्षेनी तलब चाहिँ ट्रम्प अर्गनाइजेसनबाट नै निकै धेरै पाउँदै आएका छन् ।

ट्रम्पका छोराछोरीमध्यै सबैभन्दा सफल चाहिँ इभान्का ट्रम्प नै देखिएकी छिन् । उनले आफ्नै उत्पादनहरुमा पनि काम गरेकी छिन् । उनले सन् २००७ देखि नै एक गहना पसल खोलेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *