हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

Spread the love

काठमाडौं । हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को आज भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप ‘कमेडी च्याम्पियन’ बनेका हुन् ।

च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । विजयी भएर उनले २५ लाख नगद र कार पुरस्कार हात परेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’काे ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए ।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *