पोर्तुगलमा कोरोना संक्रमितको संख्या १६९ पुग्यो : विश्वभर ५,६१७ ले ज्यान गुमाए

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा नोबल कोरोना (कोभिड १९) भाइरसबाट संक्रमितको संख्या १६९ पुगेको छ । शनिबार अपरान्ह १२:०० बजेसम्म पोर्तुगलको उत्तरी क्षेत्रमा ७७ जनालाई संक्रमणको पुष्टि भएको छ । लिस्बन र भाल दु तेजु क्षेत्रमा ७३, मध्ये क्षेत्रमा ८ र अल्गार्भ क्षेत्रमा ७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ४ जना विदेशी रहेका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोर्तोका एक बिरामी उपचारपछि सामान्य जीवनमा फर्केका छन् । संक्रमित ११२ मध्ये ९ वर्षमुनिका १ जना, १० देखि १९ वर्ष उमेर समूहका १९ जना, २०-२९ वर्ष उमेर समूहका १९ जना, ३० देखि ३९ वर्ष उमेर समूहका ३७ जना रहेका छन् । यस्तै ४०-४९ वर्ष उमेर समूहका ४१ जना, ५० देखि ५९ वर्ष उमेर समूहका २६ जना, ६०-६९ वर्ष उमेर समूहका १२ जना, ७० देखि ७९ वर्ष उमेर समूहका ११ जना, ८०-८९ वर्ष उमेर समूहका ३ जना रहेको निर्देशनालयले जानकारी दिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

संक्रमितमध्ये ६५ जनाले ज्वरो आएको, ९१ लाई खोकी लागेको, ५७ लाई मांशपेशी दुखेको, ५६ लाई टाउको दुखेको, ३५ जनालाई कमजोर महशुश भएको र १७ लाई श्वास प्रश्वासमा समस्या भएको उल्लेख गर्दै अस्पताल भर्ना भएको बताइएको छ । ३९ जना अन्य देशबाट संक्रमित भएर आएको पाइएको छ भने १३० जनालाई देशभित्रै संक्रमण भएको जानकारी गराइएको छ ।

मार्च २ तारिखका दिन २ जनाबाट शुरु भएको संक्रमण ३ र ४ तारिख पनि २-२ जनालाई संक्रमणको पुष्टि भएको थियो । ५ तारिख ३ जनालाई र ६ तारिख ४ जनालाई संक्रमण भएको पाइएको थियो । ७ तारिखका दिन ८ जनालाई ८ तारिख ९ जनालाई र ९ तारिखका दिन ९ जनालाई संक्रमण पुष्टि भएको थियो । मार्च १० तारिखका दिन २ जनालाई मात्र संक्रमण भएको पुष्टि भएकोमा ११ तारिख १८ जना १२ तारिख १९ जना र १३ तारिख ३४ जनालाई संक्रमण भएको निर्देशनालयले बताएको छ । आज शनिबार ५७ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

पिङ्गो दोसलगायतका सुपरमार्केटका समयतालिका परिवर्तन हुने कुरा पोर्तुगीस सञ्चार माध्यमले जनाएका छन् । विश्वभर १ लाख ५० हजार ५२ लाई संक्रमण भएकोमा ७३ हजार ७३१ जना उपचारपछि निको भएर घर फर्केका छन् । कोरोना महामारीले ५ हजार ६१७ को ज्यान लिइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *