चीनको घोषणा : कोरोना महामारी अब समाप्त भयो

Spread the love

बेइजिङ : चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो । चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *